ताजा समाचार


गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङलाई कोरोना पुष्टि

द रियल समाचार     २०७८ बैशाख २२, बुधबार, १७: ०६ मा प्रकाशित




पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

पोखरामा गरिएको स्वाब परीक्षणबाट मुख्यमन्त्री गुरुङमा कोरोना पुष्टि भएको उनका प्रेस संयोजक विक्रम न्यौपानेले जानकारी दिए ।

मंगलबार स्वाब संकलन गरेर पोखरामै गरिएको परीक्षणबाट उनमा कोरोना देखिएको हो । यसअघि यही मंगलबार गुरुङ गण्डकी प्रदेशसभाका सभामुख नेत्रनाथ अधिकारीले आयोजना गरेको सर्वदलीय बैठकमा उपस्थित भएका थिए ।

त्यहाँ कांग्रेस संसदीय दलका नेता कृष्ण चन्द्र नेपाली, माओवादी संसदीय दलका नेता हरिबहादुर चुमान पनि सहभागी थिए । पछिल्लो समय गण्डकीको राजधानी पोखरामा कोरोना तीव्र गतिमा फैलिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top