ताजा समाचार


पूर्वप्रधानमन्त्री भट्टराईको शल्यक्रिया सम्पन्न

द रियल समाचार     २०७८ बैशाख २२, बुधबार, १७: ०२ मा प्रकाशित




काठमाण्डौ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको पेटको शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको छ ।

भट्टराईको डा. सुबोध अधिकारीको नेतृत्वमा वैशाख १७ गते शल्यक्रिया गरिएको हो । भट्टराई पेटको न्युरो–इन्डोक्राइन ट्युमरको शल्यक्रिया लागि बिहीबार काठमाडौंस्थित वीर अस्पतालमा भर्ना भएका थिए ।

भट्टराई क्यान्सरको आशंकामा केही महिनाअघि स्वास्थ्य परीक्षणका लागि भारतको दिल्ली गएका थिए । चिकित्सकले ट्युमरमा क्यान्सर नभएको तर शल्यक्रिया गरेर ट्युमर भने चाँडो फाल्नुपर्ने सुझाब दिएका थिए ।

भट्टराईले आफ्नो शल्यक्रियामा संलग्न चिकित्सक टोलीलाई सामाजिक सञ्जालमार्फत धन्यवाद दिएका छन् । उनले भनेका छन्, ‘देशको जेठो अस्पताल वीर अस्पतालमा वैशाख १७ गते मेरो पेटको एनआइटिको शल्यक्रिया सफलतापूर्वक सम्पन्न गर्न र त्यसअघि र पछिको उपचारमा आ–आफ्नो क्षेत्रबाट अमूल्य योगदान गर्नुहुने सबैप्रति आजीवन अत्यन्त आभारी रहनेछु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top