ताजा समाचार


पश्चिम बंगालको हिंसामा १७ को मृत्यु

द रियल समाचार     २०७८ बैशाख २२, बुधबार, १६: ५७ मा प्रकाशित




एजेन्सी । छिमेकी मुलुक भारतको पश्चिम बंगालमा विधानसभाको चुनावी नतिजा निस्किएपछि बितेको आइतबारबाट हिंसा बढिरहेको छ ।

पछिल्लो २४ घण्टामा राज्यका विभिन्न क्षेत्र तथा इलाकामा भएको हिंसाबाट १७ जनाको ज्यान गएको छ । भारतीय जनता पार्टीले १७ जनामध्ये ९ जना आफ्नो कार्यकर्ता भएको बताएको छ भने तृणमुल कांग्रेसले आफ्ना ७ कार्यकर्ता बिजेपीको हातबाट मारिएको आरोप लगाएको छ ।

बाँकी एक जना इन्डियन सेक्युलर फ्रन्टको कार्यकर्ता रहेको जनाइएको छ । बिजेपीका अध्यक्ष जेपी नड्डाले मंगलबार टिएमसीका कार्यकर्ताको हातबाट मारिएका कार्यकर्ताहरूको घरमा भेटघाट गरेका छन् ।

यता ममता बनर्जीले भने बिजेपीले विधानसभा चुनावमा आफ्नो हार पचाउन नसकेको आरोप लगाएकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top