ताजा समाचार


सिरहाबाट १२ किलो गाँजासहित ३ जना पक्राउ

द रियल समाचार     २०७८ बैशाख २२, बुधबार, १६: ३९ मा प्रकाशित




सिरहा । सिरहाबाट १२ किलो गाँजासहित ३ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा जिल्लाको धनगढीमाई नगरपालिका–१३ बस्ने २१ वर्षीय राकेश यादव, २१ वर्षीय सुनिल यादव र २० वर्षीय सञ्जय यादव रहेका छन् ।

प्रहरीको टोलीले मंगलबार राति सोहि नगरपालिका–११ श्रमजिवी जाने बाटोबाट गाँजासहित उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

इलाका प्रहरी कार्यालय धनगढीबाट खटेको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा स १० प २७३ र स २ प ७५८३ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई गाँजासहित पक्राउ गरेको सिरहा प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरुलाई प्रहरीको नियन्त्रणमा राखि आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top