ताजा समाचार


अक्सिजन सिलिण्डर तस्करी गरेको आरोपमा ३ जना पक्राउ

द रियल समाचार     २०७८ बैशाख २१, मंगलवार, २२: ०१ मा प्रकाशित




जनकपुरधाम । महोत्तरीबाट अक्सिजन सिलिण्डर भारत तस्करी गरेको आरोपमा तीन जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा महोत्तरीको सोनमा गाउँपालिका वडा नम्बर-६ बस्ने विपिन चौधरी, धनुषाको जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर-२ बस्ने ५० वर्षीय दिनेशकुमार शर्मा र जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर-७ बस्ने ३६ वर्षीय जमरुद्दिन राइन रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले जानकारी दिए।

जलेश्वर नगरपालिका वडा नम्बर-३ स्थित नेपालबाट भारत तर्फ लैजानका लागि राखिएको अवस्थामा ३ थान प्याक अक्सिजन सिलिण्डरसहित उनीहरूलाई नियन्त्रणमा लिइएको डिएसपी विष्टले बताए ।

गस्तीमा रहेको प्रहरीको टोलीले जलेश्वर नगरपालिका वडा नम्बर-१२ थरुवाहीबाट समेत लुकाइछिपाइ नेपालबाट भारततर्फ स्कार्पियोमा लगिरहेको ७/७ किलोको दुई थान सिलिण्डर बरामद गरेको उनले बताए।

पक्राउ परेका तिनै जनालाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको महोत्तरी प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top