ताजा समाचार


निषेधाज्ञाको पहिलो दिन धनुषामा २०७ वटा सवारी साधन प्रहरी नियन्त्रणमा

द रियल समाचार     २०७८ बैशाख २१, मंगलवार, १९: २५ मा प्रकाशित




जनकपुरधाम। निषेधाज्ञाको पहिलो दिन धनुषा प्रहरीले निषेधाज्ञा उल्लंघन गरेको आरोपमा २०७ वटा सवारी साधन नियन्त्रणमा लिएको छ ।

नियन्त्रणमा लिइएका सवारी साधानमा १८४ मोटरसाइकल र २३ वटा तिनपांग्रे तथा चारपांग्रे सवारी साधन रहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी उपरीक्षक प्रकाश रानाभाटले जानकारी दिए ।

त्यस्तै मास्क नलगाई हिडने ६७ जनालाई १ सय रुपैयाँ जरिवाना तिराएर सम्झाई बुझाई गरी छाडिएको उनले बताए । नियन्त्रणमा लिइएका सवारी साधनलाई आज दिनभर होल्ड गरी भोलिदेखि निषेधाज्ञा उल्लंघन नगर्ने सर्तमा छोडिएको एसपी रानाभाटले बताए ।

प्रहरी उपरीक्षक रानाभाटले सुरक्षा योजन बमोजिम निषेधाज्ञामा धनुषा जिल्लाभरि ६५० जना प्रहरी परिचालन गरिएको जानकारी दिए ।

कोरोना संक्रमणको दोस्रो लहर निरन्तर बढ्दै गएपछि धनुषामा आजदेखि १० दिनसम्मका लागि निषेधाज्ञा लागू गरिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top