ताजा समाचार


पतिको हत्यामा संलग्न पत्नीसहित ४ पक्राउ

द रियल समाचार     २०७८ बैशाख २१, मंगलवार, १८: ४९ मा प्रकाशित




जनकपुरधाम । धनुषामा देवरसँग मिलेर पतिको हत्या गरेर फरार भएकी पत्नीसहित ४ जना पक्राउ परेका छन् ।

घरायसी विवादका कारण दुई दाजुभाई र श्रीमती मिलेर जिल्लाको हंसपुर नगरपालिका–६ टिल्ही बस्ने बद्री मण्डलका २५ वर्षीय छोरा शम्भु मण्डललाई गत शुक्रबार राति घाँटीमा चक्कु प्रहार गरी हत्या गरेका थिए ।

मण्डलको हत्यापछि फरार भएकी उनकी २३ वर्षीया पत्नी सुशीलादेवी मण्डल र २३ वर्षीय भाइ अनिल मण्डलसहित ३ जनालाई उदयपुरबाट र एकजनालाई सिरहाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी उपरीक्षक प्रकाश रानाभाटले जानकारी दिए ।

देवर र भाउजुलाई घरबाट भगाउन सहयोग गरेका सिरहा अर्नामा गाउँपालिका–३ बस्ने तेजनारायण महरा र सोहि ठाउँ बस्ने विनोद कुमार महतोलाई समेत पक्राउ गरिएको एसपी रानाभाटले बताए ।

मृतककी पत्नी सुशीलादेवी मण्डल, भाइ अनिल मण्डल र सहयोगी विनोद कुमार महतोलाई उदयपुरबाट र तेजनारायण महरालाई सिरहाबाट पक्राउ गरिएको हो ।

गत शुक्रबार मध्यराति करिव २ः३० बजेको समयमा घरायसी विवादका कारण मण्डललाई उनका भाइ र पत्नीले घाँटी सहित शरीरको विभिन्न भागमा चक्कु प्रहार गरी हत्या गरेर फरार भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top