ताजा समाचार


जनकपुरमा बोरामा पोको पारेर फालिएको अवस्थामा एक पुरुषको शव फेला

द रियल समाचार     २०७८ बैशाख २१, मंगलवार, १७: ५९ मा प्रकाशित




जनकपुरधाम । जनकपुरमा बोरामा पोको पारेर फालिएको अवस्थामा एक पुरुषको शव फेला परेको छ ।

जनकपुरधाम उपमहानगरपालिका–२३ बिन्धीस्थित सिक्सलेन सडकको छेउमा आँपको बगैँचामा बोरामा पोको पारेर फालिएको अवस्थामा एक पुरुषको शव फेला परेको हो ।

मृतक करिव ५०/५५ वर्षीय पुरुष रहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी उपरीक्षक प्रकाश राणाभाटले जानकारी दिए ।
उनले भने,‘मृतकको घाँटीमा झुण्डिएर मृत्यु भएको जस्तो निलडाम देखिएको छ । शवको प्रकृति हेर्दा राति नै बोरामा हालेर कसैले फालेको हुनसक्ने हाम्रो अनुमान छ ।’

शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको र घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक राणाभाटले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top