ताजा समाचार


मंगलबार देशभर ७६६० नयाँ संक्रमित थपिए, ५५ जनाको मृत्यु

द रियल समाचार     २०७८ बैशाख २१, मंगलवार, १७: ४१ मा प्रकाशित




काठमाण्डौ । नेपालमा आज ५५ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ज्यान गुमाएकाहरुको यो संख्या अहिलेसम्मकै सबैभन्दा उच्च हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ७ हजार ६६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार १६ हजार १३१ पीसीआर परीक्षणमा ७ हजार ५८७ र ५७१ एन्टिजेन परीक्षणमा ७३ जनामा संक्रमण पुष्टि भएको हो ।

आज देशभर साढे ७ हजार भन्दा धेरै संक्रमित थपिँदा १ हजार ७७५ जना निको भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top