ताजा समाचार


शव बोकेको जिप दुर्घटना हुँदा ४ को मृत्यु, ६ घाइते

द रियल समाचार     २०७८ बैशाख २१, मंगलवार, १६: ३६ मा प्रकाशित




कैलाली । बैतडीमा जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको । पञ्चेश्वर गाउँपालिका–६ रोडिदेवलको गणमेश्वर मन्दिर नजिकै जिप दुर्घटना भएको हो ।

सोमबार राति चट्याङ लागेर मृत्यु भएका पञ्चेश्वर गाउँपालिका वडा नम्बर–६ का वडा सदस्य गोविन्दसिंह भण्डारीको शव पोष्टमार्टमका लागि ल्याउँदै गरेको से १ ज १२३ नम्बरको जिप दुर्घटनामा परेको थियो ।

जिप दुर्घटना हुँदा पञ्चेश्वर गाउँपालिका वडा नम्बर–६ का ५० बर्षीय जीतसिंह भण्डारी, डम्मरसिंह भण्डारी, हिम्मत भण्डारी र दीपक भण्डारीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी घाइते भएका ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए । जिप सडकबाट करीब ५ सय मिटर तल खसेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top