ताजा समाचार


सप्तरीका कोरोना संक्रमित एक शिक्षकको मृत्यु

द रियल समाचार     २०७८ बैशाख २१, मंगलवार, १५: ४५ मा प्रकाशित




सप्तरी । सप्तरीका कोरोना संक्रमित एक शिक्षकको मृत्यु भएको छ ।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत जिल्लाको सप्तकोशी नगरपालिका वडा नम्बर–१ बस्ने ५० वर्षीय शिक्षकको मृत्यु भएको हो ।

श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई उपचारका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएको थियो । उपचारकै क्रममा उनको मंगलबार विहान ५ः१५ बजे मृत्यु भएको वीपी प्रतिष्ठानका सहप्रवक्ता चुरामणि पोखरेलले बताए ।

उनमा उच्च रक्तचापको समस्या हुनुका साथै उनी दीर्घरोगी समेत थिए । योसँगै सप्तरीमा कोरोना कहरको दोस्रो लहरमा मृत्यु हुनेको संख्या ४ पुगेको छ भने सप्तरीमा कुल संक्रमितको संख्या १२७ पुगेको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियालाल यादवले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top