ताजा समाचार


आईपीएल २०२१ अनिश्चितकालका लागि स्थगित

द रियल समाचार     २०७८ बैशाख २१, मंगलवार, १५: ३९ मा प्रकाशित




एजेन्सी । खेलाडीहरु कोरोना संक्रमित हुने क्रम बढ्दै गएपछि इण्डियन प्रिमियर लिग (आईपीएल) २०२१ अनिश्चितकालका लागि स्थगित भएको छ ।

बायो बबलमा रहेका खेलाडीमा कोरोना भाइरसको संक्रमण हुने क्रम बढ्दै गएपछि यस्तो निर्णय लिइएको हो ।

आईपीएलका प्रमुख बृजेश पटेलले समाचार एजेन्सी पीटीआईसँग भने, ‘बायो बबलभित्र कोरोना संक्रमण हुने क्रम बढेपछि लिग अनिश्चितकालका लागि स्थगित गरिएको हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top