ताजा समाचार


काठमाण्डौ उपत्यकामा वैशाख २९ गतेसम्म निषेधाज्ञा थपियो

द रियल समाचार     २०७८ बैशाख २१, मंगलवार, १५: ३६ मा प्रकाशित




काठमाण्डौ । काठमाण्डौ उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले वैशाख २९ गतेसम्म निषेधाज्ञा थपेको छ । आज दिउँसो उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले यस्तो निर्णय लिएको हो ।

तीनै जिल्लाका प्रजिअको बैठकले निषेधाज्ञामा थप कडाइ गरिएको छ । अबदेखि बजार पसल बिहान ७ देखि ९ बजेसम्म मात्रै खोल्न पाइने भएको छ । बैठकले सडकमा पनि सवारीसाधन अनुगमनलाई कडा बनाउने निर्णय लिएको छ ।

उपत्यकामा जारी निषेधाज्ञा थप गर्ने विषयमा छलफलका लागि बैठक बसेको थियो । आजको बैठकले निषेधाज्ञा थप गरेको जानकारी काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले दिएका छन् । पहिलो चरणमा लगाइएको निषेधाज्ञा भोलि २२ गते राति १२ बजेदेखि सकिँदैछ । थप कडाइका साथ निषेधाज्ञा लगाउने निर्णय भएको पराजुलीले बताए ।

ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीराज निरौला कोरोना संक्रमित भएपछि अनलाइनमार्फत बैठकमा सहभागी भएका थिए । उनको ठाउँमा सहायक प्रमुख जिल्ला अधिकारी बैठकमा सहभागी भए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top