ताजा समाचार


पर्सामा कोरोना संक्रमणबाट थप एक पुरुषको मृत्यु, ११५ संक्रमित थपिए

द रियल समाचार     २०७८ बैशाख २१, मंगलवार, ११: २६ मा प्रकाशित




पर्सा । पर्सामा कोरोना संक्रमणबाट थप एक पुरुषको मृत्यु भएको छ ।

वीरगञ्जस्थित नेशनल मेडिकल कलेज कोभिड अस्पतालमा उपचाररत जिल्लाको पर्सागढी नगरपालिका-९ बस्ने ३४ वर्षीय पुरुषको मृत्यु भएको हो ।

बैशाख ७ गते कोराना संक्रमण पुष्टि भएका ती पुरुषलाई श्वासप्रश्वासमा समस्या देखिएपछि शनिबार अस्पताल भर्ना गरिएको थियो ।

उनको उपचारका क्रममा सोमबार बेलुका मृत्यु भएको जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासकीय अधिकृत तथा कोरोना फोकल पर्सन विनय श्रीवास्तवले जानकारी दिए ।

यसैबिच, नारायणी अस्पतालमा पीसीआर परीक्षण गराएका १९२ जनामध्ये ११५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

उनीहरुमध्ये पर्साका ८७ जना रहेको नारायणी अस्पतालका कोभिड संयोजक डा. सरोजरोशन दासले जानकारी दिए ।

त्यस्तै, बाराका २४ र रौतहटका ४ जना संक्रमित थपिएका छन् । संक्रमितमध्ये ८४ पुरुष र ३१ महिला रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top