ताजा समाचार


सोमबार देशभर ७४४८ नयाँ संक्रमित थपिए, ३७ को मृत्यु, २०२१ जना संक्रमणमुक्त

द रियल समाचार     २०७८ बैशाख २०, सोमबार, १७: ५७ मा प्रकाशित




काठमाण्डौ । नेपालमा पछिल्लो २४ घण्टामा ७ हजार ४४८ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यस अवधिमा अहिलेसम्मकै धेरै ३७ जनाले ज्यान गुमाएका छन् ।

मन्त्रालयका अनुसार पिसिआर विधिबाट गरिएको परीक्षणमा ७ हजार ३८८ र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ६० जनामा कोरोना पुष्टि भएको हो ।

गत २४ घण्टामा पिसिआरबाट १७ हजार १७६ परीक्षण भएको थियो । त्यस्तै एन्टिजेन विधिबाट ५१८ परीक्षण भएको थियो ।
त्यस्तै, पछिल्लो २४ घण्टामा २ हजार २१ जना संक्रमणमुक्त भएका छन् ।

नेपालमा हालसम्म कोरोना भाइरस संक्रमितको संख्या ३ लाख ४३ हजार ४१८ पुगेको छ । जसमध्ये ५४ हजार ४१ जना सक्रिय संक्रमित रहेका छन् । सक्रिय संक्रमितमध्ये ५० हजार १७२ जना होम आइसोलेसनमा र ३ हजार ८६९ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।

उपचाररत संक्रमितमध्ये ५७८ जना आईसीयूमा र १४२ जना भेन्टिलेटरमा रहेका छन् । काठमाडौं उपत्यकामा १ हजार १८१ जना अस्पतालमा उपचाररत छन् । जसमध्ये १७१ जना आईसीयूमा र ५६ जना भेन्टिलेटरमा रहेका छन् ।

देशभर संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार ३६२ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top