ताजा समाचार


गण्डकी र सुदूरपश्चिमका प्रदेश प्रमुखलाई पदमुक्त गर्न सिफारिस

द रियल समाचार     २०७८ बैशाख २०, सोमबार, १७: ३५ मा प्रकाशित




काठमाण्डौ । सरकारले गण्डकी र सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुखहरु अमिक शेरचन र शर्मिला त्रिपाठीलाई पदमुक्त गर्न सिफारिस गरेको छ ।

सोमबार प्रधानमन्त्रीको रसकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले शेरचन र त्रिपाठीलाई पदमुक्त गर्न राष्ट्रपतिकहाँ सिफारिस गर्ने निर्णय लिएको हो ।

माओवादी केन्द्रनिकट दुवैजनालाई पदमुक्त गरेर उनीहरुको ठाउँमा मन्त्रिपरिषद्ले नियुक्तिको सिफारिस पनि गरेको छ । मन्त्रिपरिषद्ले गण्डकीमा सीता पौडेल र सुदूरपश्चिममा गंगाप्रसाद यादवलाई नियुक्तिको सिफारिस गरेको प्रधानमन्त्रीका एक सल्लाहकारले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top