ताजा समाचार


बंगलादेशमा डुंगा दुर्घटना हुँदा २६ यात्रीको मृत्यु

द रियल समाचार     २०७८ बैशाख २०, सोमबार, १७: ३० मा प्रकाशित




एजेन्सी । बंगलादेशमा डुंगा दुर्घटना हुँदा २६ जना यात्रीको मृत्यु भएको छ । यात्रुले खचाखच भरिएको डुंगा बालुवा बोकेको साधनसँग ठोकिँदा दुर्घटना भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रहरीका अनुसार तीव्र गतिमा रहेको डुंगामा ३६ जना यात्रु सवार थिए । ती यात्रु मावा सहरबाट आएका थिए । पद्म नदीको किनारमा डुंगा दुर्घटना भएको बताइएको छ ।

प्रहरी अधिकृत अमिर हुसैनले भने, ‘हामीले २६ शवको पहिचान गरेका छौँ । जसमा एकजना महिला पनि परेकी छिन् । तीन बच्चासहित पाँचजना घाइतेको उद्धार पनि भएको छ ।’

हराईरहेका १० व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top