ताजा समाचार


कर्मचारी संक्रमित भएपछि जिल्ला प्रशासन कार्यालय सिरहा बन्द

द रियल समाचार     २०७८ बैशाख २०, सोमबार, १७: ०० मा प्रकाशित




जनकपुरधाम । जिल्ला प्रशासन कार्यालय सिरहाका कर्मचारी कोरोना संक्रमित भएपछि कार्यालय बन्द गरिएको हो ।

राजश्व संकलन काउन्टरको कक्षमा कार्यरत एक कर्मचारी आइतबार कोरोना संक्रमित भएपछि सेवा प्रवाह स्थगित गरिएको प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेलले जानकारी दिए ।

कार्यालयका सबै कर्मचारीको पीसीआर टेष्टको रिपोर्ट नआएसम्म नियमित रुपमा त्यस कार्यालयबाट प्रवाह हुँदै आएको अत्यावश्यक सेवा बाहेक अन्य सबै सेवाहरु अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको सूचनामा उल्लेख छ ।

कार्यालय बन्द हुँदा यसबाट सेवाग्राहीमा पर्न गएको असुविधाप्रति प्रमुख जिल्ला अधिकारी कणेलले दुःख व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top