ताजा समाचार


त्रिभुवन विमानस्थलबाट डेढ किलो अवैध सुनसहित ५ जना पक्राउ

द रियल समाचार     २०७८ बैशाख २०, सोमबार, १६: ४२ मा प्रकाशित




काठमाण्डौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट डेढ किलो अवैध सुनसहित ५ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा गुल्मीका जनक खड्का, प्युठानका यमलाल खनाल, नुवाकोटका धनबहादुर तामाङ, सुमित तामाङ र कास्कीका राजु विक रहेका छन् ।

विमानस्थल भन्सार कार्यालयका अधिकृत ठाकुर गौतमका अनुसार स्पीकरको पंखामा लुकाएर सुन ल्याएको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको हो । गौतमले भने, ‘खड्का र खनाल एयर अरेविया, तामाङद्वय हिमालय र विक नेपाल एयरलाइन्समार्फत नेपाल आएका थिए । एउटामा डेढ सयदेखि दुुई सय ग्रामसम्म सुन राखेको पाइएको छ ।’

अपराध महाशाखा र भन्सारको संयुक्त टोलीले उनीहरुलाई पक्राउ गरेको उनले बताए । महाशाखाका प्रमुख एसएसपी चन्द्रकुवेर खापुङका अनुसार उनीहरु सुन तस्करीमा प्रयोग भएका भरिया हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top