ताजा समाचार


बेड लुकाउने अस्पताललाई कारबाही गर्ने प्रधानमन्त्री ओलीको चेतावनी

द रियल समाचार     २०७८ बैशाख २०, सोमबार, १६: ३१ मा प्रकाशित




काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओली कोरोना महामारीको समयमा गैरजिम्मेवार बनेर बेड लुकाउने अस्पताललाई कारबाही गर्ने चेतावनी दिएका छन् ।

सोमबार देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले बेड लुकाउने अस्पताललाई कानुनअनुसार कारबाही गर्ने बताएका हुन् ।
प्रधानमन्त्री ओलीले कोरोना संक्रमितको उपचारका लागि सरकारले हरसम्भव प्रयास गरिरहेको पनि जानकारी दिए ।

उनले कोभिड–१९ महामारी नियन्त्रण, रोकथाम र उपचारका लागि सरकारले चालेका कदमलाई सहयोग गर्न देशवासीलाई आग्रह गरेका छन् । ओलीले जनस्वास्थ्य मापदण्डलाई कडाइ साथ पालना गरिदिन पनि अपिल समेत गरे ।

कोभिड संकटसँग जुध्ने अभियानमा नेपाललाई सहयोग गर्न पनि अन्तराष्ट्रिय समुदायसँग अपिल गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top