ताजा समाचार


लता मंगेशकरद्वारा कोरानाका बिरामीलाई ७ लाख सहयोग

द रियल समाचार     २०७८ बैशाख २०, सोमबार, १६: २५ मा प्रकाशित




एजेन्सी । चर्चित भारतीय गायिका लता मंगेशकरले कोरानाका बिरामीलाई सहयोग गरेकी छन् । उनले कोराना संक्रमितको सहयोगार्थ ‘महाराष्ट्र सिएम केयर फन्ड’ मा ७ लाख भारतीय रुपैयाँ सहयोग गरेकी हुन् ।

भारत रत्न सम्मानबाट सम्मानित मंगेशकरले सहयोग गरेको महाराष्ट्र डिजिआइपिआरले ट्विटर मार्फत् जानकारी दिएका छन् । उनले लेखेका छन्, ‘भारत रत्न लता मंगेशकरले कोरोना महामारीसँग लड्नका लागि सिएम रिलिफ फन्डमा ७ लाख दिएर योगदान गर्नु भएको छ ।’

सहयोगका लागि मंगेशकरलाई मुख्यमन्त्री उद्धव ठाकरेले पनि धन्यवाद दिएका छन् । मुख्यमन्त्री ठाकरेले फन्टमा सहयोग गर्न अरुलाई पनि आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top