ताजा समाचार


चिकित्सक संक्रमित भएपछि नयनपुर अस्पतालका सबै सेवा बन्द

द रियल समाचार     २०७८ बैशाख २०, सोमबार, १६: १६ मा प्रकाशित




सिरहा । सिरहास्थित एक अस्पतालको चिकित्सकमा कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालका आकस्मिकबाहेक सबै सेवाहरु बन्द गरिएको छ ।

जिल्लाको धनगढीमाई नगरपालिका–९ स्थित नयनपुर अस्पतालका चिकित्सक संक्रमित भएपछि सबै सेवाहरु बन्द गरिएको हो ।

अस्पतालमा कार्यरत एक चिकित्सक कोरोना पोजेटिभ भएपछि तत्कालका लागि अस्पतालको आकस्मिकबाहेकका सेवाहरु बन्द गरिएकोे धनगढीमाई–९ का वडाध्यक्ष प्रकाश योञ्जनले जानकारी दिए ।

ती चिकित्सकको सम्पर्कमा आएका स्वास्थ्यकर्मी तथा कर्मचारीको कन्ट्याक्ट ट्रेसिङ गर्नुपर्ने भएकाले तत्काललाई अस्पताल सिल गरी आकस्मिक सेवा मात्र सञ्चालन गरिएको योञ्जनले बताए ।

कोरोनाको दोस्रो लहरपछि सिरहामा हालसम्म ६१ जना संक्रमित भइसकेको जिल्ला स्वास्थ्य कार्यालय सिरहाले जनाएको छ । संक्रमितमध्ये ७ जना आइसोलेसनमा, एक जनाको विराटनग र एक जनाको धरानमा उपचार भइरहेको छ भने बाँकी सबै होम आइसोलेसनमा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top