ताजा समाचार


महोत्तरीमा मलामी गएका ७० मध्ये ३१ जनामा कोरोना पुष्टि

द रियल समाचार     २०७८ बैशाख २०, सोमबार, १६: ०५ मा प्रकाशित




महोत्तरी । महोत्तरीमा मलामी गएका ७० जना मध्ये ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

गत बुधबार जिल्लाको मनरासिस्वा नगरपालिका–९ बथनाहाका कोरोना संक्रमित ६६ वर्षीय एक पुरुषको मृत्यु भएको थियो । उनीहरु सोहि मृतकको मलामी गएका थिए ।

गाउँमा एकैसाथ ३१ जनामा कोरोनाको संक्रमण पुष्टि भएपछि गाउँभरि त्रास फैलिएको छ । मलामी गएका करिब ७० जनामध्ये ४५ जनाले पिसिआर जाँच गराउँदा ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top