ताजा समाचार


बुटवलमा ६ जना कोरोना संक्रमितको मृत्यु

द रियल समाचार     २०७८ बैशाख २०, सोमबार, १३: ११ मा प्रकाशित




बुटवल । बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचाररत ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

२४ घण्टाको अवधिमा रुपन्देहीका ३ र अन्य जिल्लाका ३ जनाको मृत्यु भएको हो ।

लुम्बिनी प्रादेशिक अस्पतालबाट सञ्चालित कोरोना विशेष अस्थायी अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमका अनुसार कपिलवस्तुको शिवराज नगरपालिका–७ निवासी ४३ वर्षीय पुरुषको आज विहान ९:५० बजे मृत्यु भएको हो । वैशाख १७ गते कोरोना संक्रमण पुष्टि भएपछि उनी सोही दिन अस्पताल भर्ना भएका थिए ।

त्यस्तै सल्यानको शारदा-११ निवासी ४३ वर्षीय पुरुषको पनि आज विहान ६:५८ मा मृत्यु भएको छ । वैशाख १८ गते संक्रमण पुष्टि भएका उनी सोही दिनदेखि अस्पताल भर्ना भएका थिए । उनमा ज्वरो र श्वासप्रस्वास सम्बन्धी समस्या थियो ।

अर्घाखाँचीको धातिवाङ-८ निवासी ७५ वर्षीय पुरुषको आज विहान २ बजेर १८ मिनेमा मृत्यु भएको डा. गौतमले जानकारी दिए । उनमा वैशाख १५ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

यसैगरी बुटवल-४ रुपन्देही निवासी ८४ वर्षीय पुरुषको आज विहान १:२४ बजे र बुटवल–९ रुपन्देहीका ६१ वर्षीय पुरुषको गएराति साढे ८ बजे मृत्यु भएको छ ।

त्यस्तै, बुटवल-११ रुपन्देहीकै ६५ वर्षीय पुरुषको आइतबार दिउँसो ३:५० बजे मृत्यु भएको छ । वैशाख १६ गते संक्रमण पुष्टि भएका उनी १८ गतेदेखि अस्पताल भर्ना भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top