ताजा समाचार


काँग्रेस पदाधिकारी बैठक स्थगित

द रियल समाचार     २०७८ बैशाख २०, सोमबार, १२: २१ मा प्रकाशित




काठमाण्डौ । प्रमुख विपक्षी दल नेपाली काँग्रेसको पदाधिकारी बैठक स्थगित भएको छ ।

बरिष्ठ नेता रामचन्द्र पौडेल अस्वस्थ भएकाले बैठक स्थगित भएको काँग्रेसका एक नेताले जानकारी दिए ।

दिउँसो दुई बजे सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा पदाधिकारी बैठक बोलाइएको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने निर्णय गरेपछि काँग्रेसले पदाधिकारी बैठक बोलाएको थियो ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति कार्यालयले २७ वैशाखमा विश्वासको मत लिन अधिवेशन बोलाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top