ताजा समाचार


बाँकेमा ६ जना कोरोना संक्रमितको मृत्यु

द रियल समाचार     २०७८ बैशाख २०, सोमबार, १०: ५५ मा प्रकाशित




बाँके । बाँकेमा आइतबार राति र सोमबार बिहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ५ जना बाँके जिल्लाका र एक जना बर्दिया जिल्लाका संक्रमित रहेका छन् । जसमध्ये नेपालगञ्ज मेडिकल कलेज कोलहपुरमा २ जना र भेरी अस्पताल नेपालगञ्जमा ४ जनाको मृत्यु भएको बाँकेका कोरोना फोकल पर्सन तेज वलीले जानकारी दिए ।

मृत्यु हुनेमा नेपालगञ्ज उपमहानगरपालिका-३ का ५१ वर्षीय पुरुष छन् । उनको वैशाख ६ गते पीसीआर गरेर भेरी अस्पतालमा भर्ना गरिएको थियो । उनको सोमबार बिहान साढे ३ बजे अस्पतालमा नै मृत्यु भएको अस्पतालले जनाएको छ ।

त्यस्तै, नेपालगञ्ज-१ का ६६ वर्षीय पुरुषको पनि सोमबार नै मृत्यु भएको हो । उनको बिहान ४ बजे मृत्यु भएको अस्पतालद्वारा जारी सूचनामा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top