ताजा समाचार


भारतमा संक्रमितको संख्या २ करोड पुग्यो

द रियल समाचार     २०७८ बैशाख २०, सोमबार, १०: ४१ मा प्रकाशित




एजेन्सी । कोरोनाको दोस्रो लहरबाट सबैभन्दा बढी प्रभावित मुलुक भारतमा संक्रमितको संख्या २ करोडको नजिक पुगेको छ ।

दिनानुदिन संक्रमणले नयाँ रेकर्ड बनाइरहेको भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ लाख १५ हजार नाघेको छ ।

भारतमा आइतबार साढे ३ लाख नयाँ कोरोना संक्रमित थपिएका छन् । कोरोनाबाट ज्यान गुमाउनेको संख्या पनि ३ हजार ७१ थपिएको छ । अहिलेसम्म भारतमा कुल संक्रमितको संख्या १ करोड ९९ लाखभन्दा बढी रहेको छ ।

भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेहरुको संख्या २ लाख १८ हजारभन्दा बढी रहेको छ । भारतमा अहिले कुल सक्रिय संक्रमितको संख्या ३४ लाख १९ हजारभन्दा बढी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top