ताजा समाचार


काँग्रेस प्रवक्ता शर्मालाई काेराेना संक्रमण

द रियल समाचार     २०७८ बैशाख २०, सोमबार, १०: ३० मा प्रकाशित




काठमाण्डौ । नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मालाई काेराेना संक्रमण पुष्टि भएकाे छ । शर्मालाई साेमबार बिहान काेराेना पाेजेटिभ देखिएकाे हाे ।

ज्वरो र जीउ दुखाइ बढेपछि आइतबार बेलुकी ललितपुरको स्टार अस्पतालमा स्वाब परीक्षण गराएका शर्माकाे आज बिहान काेराेना संक्रमण पुष्टि भएकाे हाे ।

संक्रमण पुष्टि भएसँगै डाक्टरको सल्लाह अनुसार आफूले औषधि सेवन सुरु गरेकाे शर्माले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।

शर्माले आफूमा काेराेनाका लक्षणहरु देखिएकाे र टेकु अस्पतालका डाक्टर अनुप बाँस्तोलाको निर्देशन अनुसार औषधि सेवन सुरु गरेकाे बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top