ताजा समाचार


राष्ट्रपतिद्वारा बैशाख २७ गतेका लागि संसद बैठक आह्वान

द रियल समाचार     २०७८ बैशाख १९, आईतवार, २१: ४७ मा प्रकाशित




काठमाण्डौ । राष्ट्रपति विद्यादेवी भण्डारीले बैशाख २७ गतेका लागि प्रतिनिधिसभाको बैठक आह्वान गरेकी छन् ।

भण्डारीले मन्त्रिपरिषदको निर्णय अनुसार बैशाख २७ गते सोमबार दिउँसो १ बजेका लागि प्रतिनिधिसभाको बैठक बोलाएकी हुन् ।

राष्ट्रपति कार्यालयले आइतबार जारी गरेको विज्ञप्तिमा संविधानको धार‍ा १०० को उपधार १  बमोजिम प्रधानमन्त्रीले प्रतिनिधिसभाबाट विश्वासको मत लिन चाहेको हुँदा सो प्रयोजनका लागि प्रतिनिधि सभाको बैठक आह्वान गरिएको उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top