ताजा समाचार


मुख्यमन्त्रीमा पोखरेलले लिए शपथ, चार मन्त्री नियुक्त

द रियल समाचार     २०७८ बैशाख १९, आईतवार, २१: ३३ मा प्रकाशित




बुटवल । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीका रुपमा शंकर पोखरेलले शपथ लिएका छन् ।

पोखरेलका निजी सचिव तिरण गौतमले सामाजिक सञ्जालमार्फत यसबारे जानकारी दिएका हुन् ।

कांग्रेस माओवादीलगायत विपक्षी दलहरुको अवरोधका बीच उनले शपथ लिएका हुन् । पोखरेलले शपथ लिएसँगै चार मन्त्रीले पनि शपथ ग्रहण गरेका छन् ।

गौतमका अनुसार बैजनाथ चौधरीले आर्थिक मामिला तथा योजना, हरि रिजालले स्वास्थ्य, सन्तोष पाण्डेयले भौतिक पूर्वाधार विकास र विजयबहादुर यादवले भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीको रुपमा शपथ लिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top