ताजा समाचार


४२ सांसदको हस्ताक्षरसहित केसीद्वारा मुख्यमन्त्रीमा दाबी

द रियल समाचार     २०७८ बैशाख १९, आईतवार, १८: ०१ मा प्रकाशित




बुटवल । लुम्बिनी प्रदेशमा ४२ जना सांसदको हस्ताक्षरसहित माओवादी केन्द्रका नेता कुलप्रसाद केसीले मुख्यमन्त्रीमा दाबी गरेका छन् ।

शंकर पोखरेल मुख्यमन्त्रीमा पुनः नियुक्ति भएपछि गठबन्धनका तर्फबाट केसीले ४२ जना सांसदको हस्ताक्षरसहित प्रदेश प्रमुखलाई पत्र बुझाएका हुन् ।

केसीलाई माओवादी केन्द्रमा प्रवेश गरेकी विमला वली, सूर्य चुनाव चिह्न लिएर स्वतन्त्र रुपमा चुनाव जितेका धर्मबहादुर लाल श्रीवास्तव र अजय शाहीले पनि समर्थन गरेका छन् ।

केसीले प्रदेश प्रमखलाई बुझाएको पत्रमा लुम्बिनी प्रदेश सभामा प्रतिनिधित्व गर्ने प्रदेश सभा सदस्यको बहुमत प्राप्त नेकपा माओवादी केन्द्रको तर्फबाट प्रदेश सभा सदस्य माननीय कुलप्रसाद केसीलाई नेपालको संविधान धारा १६८ को उपधारा २ बमोजिम लुम्बिनी प्रदेशको मुख्यमन्त्री नियुक्ति गर्न तपसिल बमोजिमको लुम्बिनी प्रदेश सभाका सदस्यहरुको समर्थन रहेको हुँदा दाबी प्रस्तुत गरिएको उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top