ताजा समाचार


कुल बजेटको २० प्रतिशत बजेट शिक्षामा छुट्याउन काँग्रेसको माग

द रियल समाचार     २०७८ बैशाख १९, आईतवार, १७: ४७ मा प्रकाशित




काठमाण्डौ । नेपाली काँग्रेसले कुल बजेटको २० प्रतिशत बजेट शिक्षामा छुट्याउन सरकारसँग माग गरेको छ ।

काँग्रेसको केन्द्रीय शिक्षा विभागका सचिव डा. कृष्णप्रसाद पौडेलले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै बाल शिक्षा र विद्यालयका कर्मचारी उचित पारिश्रमिकको व्यवस्थापन गर्न पनि माग गरेका हुन् ।

काँग्रेसले विद्यालय तहमा रहेका राहत दरवन्दी, साविक उच्च मावि (अनुदान), अस्थायी लगायतका शिक्षकहरुलाई वैज्ञानिक प्रकृया अपनाई एकै प्रकारको शिक्षक दरवन्दी सिर्जना गर्न शिक्षा मन्त्रालयको ध्यानाकर्षण गरेको छ ।

त्रिभुवन विश्वविद्यालयका आंशिक शिक्षकहरुको समस्या समाधान गर्न कांग्रेसको नेतृत्वमा रहको विगतको सरकार स्वीकृत गरेको १४२० दरबन्दी कार्यान्वयनमा लागि आंशिक प्राध्यापकहरूको समस्या पूरा गर्न पनि जोडदार माग गरिएको विज्ञप्तिमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top