ताजा समाचार


आइतबार ७२११ जनामा कोरोना संक्रमण पुष्टि, २७ को मृत्यु

द रियल समाचार     २०७८ बैशाख १९, आईतवार, १७: ४२ मा प्रकाशित




काठमाण्डौ । नेपालमा पछिल्लो २४ घण्टामा अहिलेसम्मकै सबैभन्दा बढि ७ हजार २११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ हजार १४७ पीसीआर परीक्षणमा ७ हजार १३७ र ६२३ एन्टिजेन परीक्षणमा ७४ जना गरी एकै दिन ७ हजार २११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यासँगै देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ४८ हजार ७११ पुगेको छ । जसमध्ये ३ हजार ५३० जना संस्थागत आइसोलेसनमा छन् भने ४५ हजार १८१ जना होम आइसोलेसनमा रहेका छन् । उपचाररत संक्रमितमध्ये ४७७ जना आईसीयूमा छन् ।

पछिल्लो २४ घण्टामा १ हजार ६१२ जना कोरोनाबाट संक्रमणमुक्त भएका छन् । कोरोना भाइरस संक्रमणका कारण पछिल्लो २४ घण्टामा देशभर थप २७ जनाको मृत्यु भएको छ । नेपालमा हालसम्म ३ हजार ३२५ जनाले ज्यान गुमाइसकेका छन् ।

पछिल्लो २४ घण्टामा थपिएका संक्रमितमध्ये १६६ जना बालबालिका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार थपिएका संक्रमितमा ०–९ वर्ष उमेर समूहका १६६ जना बालबालिका रहेका छन् भने १० देखि १९ वर्षका ४५७ जना थपिएका छन् । थपिएका संक्रमितमा सबैभन्दा धेरै ३० देखि ३९ वर्षका नागरिक छन् । यो उमेर समूहमा १ हजार ८०९ जना छन् ।

त्यस्तै, २० देखि २९ सम्मका १ हजार ७६७ जना, ४० देखि ४९ वर्षका १ हजार २२० जना, ५० देखि ५९ का ९४३ जना, ६० देखि ६९ का ४८५ जना, ७० देखि ७९ का १८८ जना, ८० देखि ८९ का ६३ जना, ९० देखि १०० वर्ष उमेरका १३ जना र उमेर नखुलेका २६ जना रहेको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top