ताजा समाचार


पश्चिम बंगाल : भाजपा पराजित, ममता बेनर्जी विजयी

द रियल समाचार     २०७८ बैशाख १९, आईतवार, १७: ३० मा प्रकाशित




एजेन्सी । भारतको पश्चिम बंगाल राज्यमा स्थानीय दल तृणमूल कांग्रेसले भारतीय जनता पार्टीलाई पराजित गरेको छ ।

कोरोनाको रेकर्ड मामिलाबीच ६२ दिने चलेको चुनावी प्रक्रिया सकिँदा पश्चिम बंगालमा फेरि एक पटक नरेन्द्र मोदी प्रभावित भाजपालाई ममता बेनर्जी नेतृत्वको तृणमूल कांग्रेसले पराजित गरेको हो ।

बंगालमा तृणमूलले जितेको छ । बंगालमा चार घण्टामै तृणमूल कांग्रेस १४८ सिटको बहुमतको आँकडामा पुगेको हो । त्यहाँ रहेका २९२ सिटमा तृणमूलले १४७ सिट पार गरेको हो । अहिले त्यहाँ ममता नेतृत्वको यो पार्टीले २०० भन्दा धेरै सिटमा अग्रता बनाइरहेको छ ।

तर यो तालिका सन् २०१६ मा तृणमूललाई मिलेको २११ भन्दा कम छ । उता, नन्दीग्राममा ममता बेनर्जीले जितेकी छन्। जहाँ उनले केबल १२ सय भोटले मात्रै जितेकी हुन् ।

सबैभन्दा चर्चामा रहेको यो क्षेत्रमा १२ सय भोटले हार्ने उम्मेदवार भाजपाका शुभेन्दु अधिकारी हुन् । उनले चुनाव प्रचारका क्रममा ५० हजारले जित्ने बताउँदै हारेमा राजनीति छाड्ने उद्घोष गरेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top