ताजा समाचार


एकैपटक २० महिलाले यौन दुर्व्यवहारको आरोप लगाएपछि अभिनेता क्लार्क निलम्बित

द रियल समाचार     २०७८ बैशाख १९, आईतवार, १७: २२ मा प्रकाशित




एजेन्सी । अभिनेता तथा फिल्ममेकर नोएर क्लार्कलाई बाफ्टा (ब्रिटिस एकेडेमी फिल्म एण्ड टेलिभिजन आर्टस्) ले निलम्बन गरेको छ ।
२० जना महिलाले उनीविरुद्ध एकैपटक यौन दुर्व्यवहारको आरोप लगाएपछि बाफ्टाले निलम्बन गरेको हो ।

आरोपित महिलाहरूले उनीसँग काम गर्ने क्रममा आफूमाथि यौन दुर्व्यवहार गरेको द गार्डियन इन्भेस्टिगेटिभ प्रकाशित लेखमा उल्लेख गरिएको छ ।

सोही लेखका आधारमा बाफ्टाले नोएललाई निलम्बन गरेको हो । बाफ्टाले निलम्बन गरेपछि हालै उनलाई दिइएको अवार्ड समेत रद्द गरेको छ । गम्भीर दुराचारको आरोप लागेको भन्दै अर्को सूचना नआएसम्मका लागि बाफ्टाले उनको सदस्यता समेत रद्द गरेको छ ।

यता अभिनेता नोएलले भने आफूमाथि लागेको आरोपको खण्डन गरेका छन् । उनले आफूले कुनै पनि किसिमको दुर्व्यवहार नगरेको एक विज्ञप्तिमा उल्लेख गरेका छन् । उनी भन्छन्, ‘म कुनै पनि यौन दुर्व्यवहार र आपराधिक गलत कार्यको तीव्रताका साथ अस्वीकार गर्छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top