ताजा समाचार


पर्यटन मन्त्री ढकाललाई कोरोना संक्रमण पुष्टि

द रियल समाचार     २०७८ बैशाख १९, आईतवार, १७: १३ मा प्रकाशित




काठमाण्डौ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री भानुभक्त ढकाललाई कोरोना संक्रमण पुष्टि भएको छ । आइतवार गरिएको परीक्षणमा उनलाई कोरोना पुष्टि भएको हो ।

उनले आफू र श्रीमतीलाई पनि कोरोना पुष्टि भएको जानकारी दिएका छन् । उनले भनेका छन्, ‘आज गरिएको परीक्षणबाट हामी श्रीमान श्रीमतीलाई कोभिड–१९ संक्रमण भएको नतिजा प्राप्त भएको छ । हाल हाम्रो स्वास्थ्य अवस्था सामान्य रहेको छ । हामी निवासमा नै आराम गरिरहेका छौँ ।’

उनले आफ्नो सम्पर्कमा आएकाहरुलाई सावधानी अपनाउन आग्रह गरेका छन् । ‘यसबीचमा हामीसँग सम्पर्कमा आउनुभएका महानुभावहरूलाई आवश्यक सावधानी र सजगता अपनाउनुहुन अनुरोध गर्दछौँ’, ढकालले भनेका छन् ।

कोरोनाको दोस्रो लहरसँगै भीआइपीहरुमा पनि धमाधम संक्रमण हुन थालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top