ताजा समाचार


पोखरेल मुख्यमन्त्री बनेलगत्तै ३ जना सांसदले दिए राजीनामा

द रियल समाचार     २०७८ बैशाख १९, आईतवार, १६: ५८ मा प्रकाशित




बुटवल । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा पुनः शंकर पोखरेल नियुक्त भएलगत्तै तीनजना सांसदले राजीनामा दिएका छन् ।

राजीनामा दिनेमा कपिलवस्तु क्षेत्र नम्बर १ (क) का दूगनारायण पाण्डेय, कपिलवस्तु क्षेत्र नम्बर २ (ख) का धर्मबहादुर लाल श्रीवास्तव र नवलपरासी पश्चिमका अजय शाही रहेका छन् ।

उनीहरूले असन्तुष्टि जनाउँदै आज पदबाट राजीनामा दिएका हुन् । आफूहरूले राजीनामा पत्र प्रदेश सभा सचिवालयमा पठाइसकेको बताएका छन् ।

यसअघि मुख्यमन्त्री पोखरेलले प्रदेश सभामा सदस्य संख्या घटेर ८१ पुगेपछि एमाले एक्लैसँग ४१ सांसद रहेको भन्दै एक दलको बहुमतको सरकार बनाउने भन्दै राजीनामा दिएका थिए ।

तर राजीनामा दिएका पाण्डेयले भने आफूले मात्रै एमाले र सांसद पद त्यागेको बताए । उनले दुई सांसद शाही र श्रीवास्तवले माओवादी दलका नेता कुलप्रसाद केसीलाई सघाउने जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top