ताजा समाचार


दिल्लीमा अक्सिजन अभावमा एक चिकित्सकसहित ८ कोरोना संक्रमितको मृत्यु

द रियल समाचार     २०७८ बैशाख १८, शनिबार, १६: २९ मा प्रकाशित




एजेन्सी । दिल्लीको बत्रा अस्पतालमा शनिबार अक्सिजन सकिएपछि ८ कोरोना संक्रमितले ज्यान गुमाएका छन् । मृत्यु हुनेमा अस्पतालका एक चिकित्सक समेत रहेका छन् ।

सो अस्पतालले अदालतमा नै आफूहरुसँग एक घन्टाभन्दा बढीका लागि अक्सिजन नभएको बताएको थियो । कोरोनाभाइरसको दोस्रो लहरका कारण आक्रान्त भारतमा सबैभन्दा बढी समस्या अब दिल्लीमा देखिन थालेको छ ।

दिल्लीका अस्पतालहरुले कोरोनाभाइरस संक्रमितको उपचार गर्न सकेका छैनन् । त्यहाँ अक्सिजनको कमी भएको समाचार आइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top