ताजा समाचार


कोरोना संक्रमित आमा–छोराको तिन दिनको अन्तरालमा मृत्यु

द रियल समाचार     २०७८ बैशाख १८, शनिबार, १६: २० मा प्रकाशित




विराटनगर । सुनसरीस्थित इनरुवाका कोरोना संक्रमित आमा–छोराको तिन दिनको अन्तरालमा मृत्यु भएको छ ।

८४ वर्षीया आमाको होम आइसोलेसनमा मृत्यु भएको तिन दिन नबित्दै ६४ वर्षीय छोराको उपचारको क्रममा शनिवार कोशी कोभिड अस्पताल विराटनगरमा मृत्यु भएको हो । सुनसरी प्रशासनका अनुसार संक्रमित पुरुषलाई स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको थियो ।

तिन दिनको अवधिमा आमा–छोराको मृत्यु हुनुका साथै परिवारका अन्य सदस्य समेत संक्रमित रहेकाले उनको घरको आसपासको क्षेत्र सिल गर्ने विषयमा छलफल थालिएको स्थानीय प्रशासनले जनाएको छ ।

मृतकको परिवारमा एकसाथ ९ जनामा संक्रमण देखिएको थियो । संक्रमित परिवारका ७ जना अझै होम आइसोलेसनमा छन् । उनीहरूमध्ये केहीको अवस्था अझै जटिल रहेको सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेश ढकालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top