ताजा समाचार


विराटनगरमा उपचाररत ३ जना कोरोना संक्रमितको मृत्यु

द रियल समाचार     २०७८ बैशाख १८, शनिबार, १५: ११ मा प्रकाशित




विराटनगर । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचाररत ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

३ जना संक्रमितमध्ये एकजनाको हृदयघातबाट मृत्यु भएको अस्पतालले जनाएको छ । मृत्यु हुनेहरूमा सप्तरीेको राजविराज–९ का ४५ वर्षीय पुरुष, महोत्तरी–६ का ३५ वर्षीय पुरुष र विराटनगर महानगरपालिका– ५ का ५५ वर्षीय पुरुष रहेका छन् ।

आइसोलेसनमा उपचाररत तीनैजना संक्रमितको आधा घन्टामा मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top