ताजा समाचार


भारतको एक अस्पतालमा आगलागी हुँदा २ नर्ससहित १६ कोरोना संक्रमितको मृत्यु

द रियल समाचार     २०७८ बैशाख १८, शनिबार, १५: ०० मा प्रकाशित




एजेन्सी । भारतको एक अस्पतालमा आगलागी हुँदा २ नर्ससहित १६ जना कोरोना संक्रमितको मृत्यु भएको भारतीय मिडियाहरूले जनाएका छन् ।

गुजरातको अस्पतालमा स्थानीय समयअनुसार शनिबार बिहान १ बजे आगलागी भएको हो । अस्पतालमा कोरोना संक्रमित र अन्य गरी करिब ५० बिरामी थिए । आगो केही समयपछि नियन्त्रणमा आएको थियो ।

आइसियुमा रहेको तारमा समस्या आउँदा आगो लागेको प्रारम्भिक अध्ययनले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top