ताजा समाचार


वीरगञ्जमा थप एक संक्रमितको मृत्यु, १९३ जनामा संक्रमण पुष्टि

द रियल समाचार     २०७८ बैशाख १८, शनिबार, १४: ४८ मा प्रकाशित




पर्सा । पर्साको वीरगञ्जमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

नेशनल मेडिकल कलेजले सञ्चालन गरेको कोरोना अस्पतालमा उपचारको क्रममा वीरगञ्जको छपकैया बस्ने ६७ वर्षीय पुरुषको शनिबार बिहान पौने ६ बजे मृत्यु भएको हो । योसँगै वीरगञ्जमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३१ पुगेको छ ।

कोरोना संक्रमण पुष्टि भई तीन दिनअघि अस्पताल भर्ना भएका उनी २४ घण्टादेखि भेन्टिलेटरमा थिए । हाईफ्लो अक्सिजन दिँदा समेत उनको स्वास्थ्यमा सुधार भइरहेको थिएन । सक्दो प्रयास गर्दा समेत उनलाई बचाउन नसकिएको कोरोना अस्पतालमा खटिएका डाक्टर ओम प्रकाश कुशवाहाले जानकारी दिए ।

वीरगञ्जमा थप १९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी उपक्षेत्रिय अस्पतालको पीसीआर प्रयोगशालामा २८० जनाको पीसीआर परीक्षण गर्दा १९३ जनामा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।

पुष्टि भएका संक्रमितमध्ये ५७ जना महिला छन् । पर्साका १५१, बाराका ३०, रौतहटका ४, सर्लाहीका ३, चितवनका २ र धनुषा, बर्दिया तथा नवलपरासीका १÷१ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमितको सिटी भ्यालु १३.१ देखि ३५.१ रहेको अस्पतालका कोभिड संयोजक डाक्टर सरोज रोशन दासले जानकारी दिए ।

त्यस्तै, नेशनल मेडिकल कलेजले सञ्चालन गरेको कोरोना अस्पतालमा २३ जना संक्रमित उपचाररत छन् । जसमध्ये ९ जना भेन्टिलेटरमा छन् । अस्पतालका अनुसार संक्रमित सबैलाई १२ लिटरसम्म अक्सिजन जढाउनु परेको छ । शंकास्पद संक्रमितको संख्या समेत दैनिक बढिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top