ताजा समाचार


प्रदेश प्रमुखले हात जोडेर भने, ‘कृपया मास्क लगाउनुस’

द रियल समाचार     २०७८ बैशाख १८, शनिबार, १४: ३८ मा प्रकाशित




जनकपुरधाम । कोरोना महामारी तिब्र रुपमा फैलिन लागेको अवस्थामा प्रदेश २ का प्रमुख राजेश झा अहिराज जनकपुरधाम नगरको परिक्रमा गर्दै अनुगमन थालेका छन् ।

दोस्रो भेरियन्ट सहितको कोरोना महामारी झनै भयावह रहेकोले व्यवसायी तथा पसलेहरुलाई मास्क लगाएर व्यवसाय गर्न प्रदेश प्रमुख अहिराजले आग्रह गरेका छन् ।

मिल्स एरियादेखि शिवचोकसम्म पैदल यात्रा गर्दैै प्रदेश प्रमुख झाले मास्क नलगाएका बटुवा तथा पसलेलाई हात जोड्दै मास्क लगाएर काम गर्दा आफु पनि स्वस्थ्य रहने र अरुलाई पनि स्वस्थ्य राख्न मद्दत पुग्ने भएकोले सबैलाई मास्क लगाउन अनुरोध गरेका थिए ।

प्रदेश प्रमुखका सचिव ध्रुव गैडाले कोरोना महामारीको दोस्रो चरणमा प्रवेश गरेपछि धनुषा जिल्ला पनि अति प्रभावित रहेकाले स्वास्थ्यको ख्याल गर्दै प्रदेश प्रमुख झाद्वारा अनुगमन थालिएको बताए ।

उनले भने, ‘नागरिकप्रतिको दायित्व अन्तर्गत आज हामीले मास्क लगाए/नलगाएको अनुगमन गरेका हौँ । कतिपयले घाँटीमा, कानमा र मुखमा मास्क लगाएको देखियो । हामीले मास्क नभएका व्यक्तिलाई मास्क दियौँ र मास्कले मुख र नाक समेत ढाक्न आग्रह गर्यौँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top