ताजा समाचार


धनुषामा घरायसी विवाद हुँदा श्रीमती र भाइहरु मिलेर एक युवकको हत्या

द रियल समाचार     २०७८ बैशाख १८, शनिबार, १४: २६ मा प्रकाशित




जनकपुरधाम । धनुषामा घरायसी विवादका कारण दुई दाजुभाई र श्रीमती मिलेर एक युवकको हत्या गरेका छन् ।

जिल्लाको हंसपुर नगरपालिका–६ टिल्ही बस्ने बद्री मण्डलका २५ वर्षीय छोरा शम्भु मण्डललाई उनकै पत्नी र भाईहरु मिलेर घाँटीमा चक्कु प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक मकेन्द्र कुमार मिश्रले जानकारी दिए ।

शुक्रबार मध्यराति करिव २ः३० बजेको समयमा घरायसी विवादका कारण मण्डललाई उनका २४ वर्षीय भाई संजय भन्ने जय मण्डल, २३ वर्षीय अरुण मण्डल र २३ वर्षीया श्रीमती सुशिलादेवी मण्डलले घाँटी सहित शरीरको विभिन्न भागमा चक्कु प्रहार गरी हत्या गरेको डीएसपी मिश्रले बताए ।

चक्कु प्रहारबाट मण्डलको घटनास्थलमै मृत्यु भएपछि उनीहरु फरार भएका छन् । घटनास्थलमा अपराध अनुसन्धान सहितको प्रहरी निरीक्षकको नेतृत्वमा प्रहरी टोली खटाइएको र हत्याबारे अनुसन्धान भईरहेको धनुषा प्रहरीले जनाएको छ ।

मृतक मण्डलको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाममा राखिएको र फरार भएकाहरुको खोजी सुरु गरिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top