ताजा समाचार


सर्लाहीस्थित एक पेट्रोल पम्पबाट लाखौँ रकम लुटियो

द रियल समाचार     २०७८ बैशाख १७, शुक्रबार, २२: ३० मा प्रकाशित




जनकपुरधाम । सर्लाहीस्थित एक पेट्रोल पम्पबाट एक समुहले लाखौँ रकम लुटेर फरार भएका छन् ।

जिल्लाको पर्सा गाउँपालिका वडा नम्बर-२ संग्रामपुरस्थित श्री बौद्वी फ्युल सेन्टरबाट शुक्रबार साँझ एक समुहले लाखौँ रकम लुटेर भागेका हुन् ।

पर्सा गाउँपालिका वडा नम्बर-३ का वडाध्यक्ष भिखारी साहले सञ्चालन गरेको सो पेट्रोल पम्पमा हातहतियारसहित पुगेका समुहले हवाइफायर गर्दै लाखौँ रकम लुटपाट गरी फरार भएका छन् । पम्पका सञ्चालक साहले पम्टबाट उनीहरूले १० लाख रुपैयाँ लुटेर लगेको बताएका छन् ।

यता, जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक सन्तोष सिंह राठौरले पम्पबाट ४ लाख रुपैयाँ लुटिएको जानकारी दिए ।

घटनास्थलबाट गोलीको खोका समेत बरामद भएको एसपी राठौरले बताए । घटनाको अनुसन्धन भईरहेको र लुटपाट गरी फरार भएकाहरुको खोजी सुरु गरिएको सर्लाही प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top