ताजा समाचार


नेपालमा कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा ३३ को मृत्यु, ५७२७ नयाँ संक्रमित

द रियल समाचार     २०७८ बैशाख १७, शुक्रबार, १६: ३२ मा प्रकाशित




काठमाण्डौ । नेपालमा पछिल्लो २४ घण्टामा ५ हजार ७ सय भन्दा बढी व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ७ सय २७ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै पछिल्लो २४ घण्टामा ३३ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार १५ हजार ३९१ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा ५ हजार ६५७ जनाको रिपोर्ट पोजेटिभ आएको छ भने ५२५ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ७० जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

योसँगै देशभर कोरोना संक्रमितको कुल संख्या ३ लाख २३ हजार १८७ पुगेको छ भने निको हुनेको संख्या २ लाख ८१ हजार ९५ पुगेको छ । पछिल्लो २४ घण्टामा ९२८ जना निको भएका छन् । हाल देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार ८१३ पुगेको छ भने मृतकको कुल संख्या ३ हजार २८९ पुगेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा काठमाण्डौमा मात्रै २ हजार ४०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै ललितपुरमा ४१९ र भक्तपुरमा १३३ जनामा संक्रमण पुष्टि भएको हो । मोरङमा १६१, पर्सामा १५३, नवलपरासी पूर्वमा ३६, रुपन्देहीमा ४७३, बाँकेमा ४२२ र दाङमा २५२ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै सुर्खेतमा ९७ र कञ्चनपुरमा ४६ जनामा संक्रमण पुष्टि भएको छ । १२ जिल्लामा ५०० भन्दा बढी सक्रिय संक्रमित रहेका छन् भने २०० भन्दा बढी संक्रमित रहेको जिल्ला संख्या १० वटा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top