ताजा समाचार


अभिनेता रणधीर कपुर कोरोना संक्रमित भई अस्पताल भर्ना

द रियल समाचार     २०७८ बैशाख १७, शुक्रबार, १६: २३ मा प्रकाशित




एजेन्सी । बलिउड अभिनेता रणधीर कपुर कोरोना संक्रमित भई अस्पताल भर्ना भएका छन् । भारतीय सञ्चार माध्यमले अन्य परीक्षणका लागि उनलाई आइसीयूमा सारिएको जानकारी दिएको छ ।

अभिनेता कपुर यतिबेला मुम्बईको कोकिलाबेन अस्पतालमा भर्ना भएका छन् । शुक्रबार रणधीर कपुरले ई टाइम्सलाई दिएको अन्तर्वार्तामा भने, ‘मलाई कोकिलाबेन अस्पतालको आइसीयू वार्डमा सिफ्ट गरिएको छ जहाँ मेरो परीक्षण गरिनेछ । अस्पतालमा मेरो निकै राम्रो तरिकाले हेरविचार गरिँदै छ र यसका लागि म टिना अम्बानीलाई धन्यवाद दिन चाहन्छु । सबैकुरा नियन्त्रणमा छ । यहाँ मेरो निकै राम्रोसँग हेरविचार गरिँदै छ । म जतिबेला पनि डाक्टरले घेरिएको अवस्थामा छु ।’

कपुरले आफू निकै काँप्न थालेपछि कोभिडको परीक्षण गरेको बताए । उनलाई हल्का ज्वरो पनि थियो तर अब ज्वरो निको भइसकेको छ । उनको हालको स्वास्थ्य स्थिति स्थिर रहेको र उनको स्वास्थ्य सुधारोन्मुख रहेको बताइन्छ ।

अभिनेता कपुरले २९ अप्रिल (बिहिबार) कोरोना पोजेटिभ पाइएका छन् । त्यसपछि नै उनलाई कोकिलाबेन अस्पतालमा भर्ना गरिएको हो । उनले भने, ‘म कसरी संक्रमित भएँ, यसबारे फिटिक्कै पत्ता लाग्न सकेको छैन । म चकित छु । म यो पनि बताउन चाहन्छु कि मेरो कर्मचारीका ५ अन्य सदस्य पनि कोरोनाद्वारा संक्रमित पाइएका छन् । मसँगै उनीहरु पनि यसै अस्पतालमा भर्ना छन् । ’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top