ताजा समाचार


आफ्नै पार्टीको निर्णयविरुद्ध ठाकुर पुगे निर्वाचन आयोग

द रियल समाचार     २०७८ बैशाख १७, शुक्रबार, १५: ४२ मा प्रकाशित




काठमाण्डौ । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुर निर्वाचन आयोग पुगेका छन् । आफ्नै पार्टीको निर्णयविरुद्ध निवेदन लिएर उनी शुक्रबार दिउँसो निर्वाचन आयोग पुगेका हुन् ।

अध्यक्ष ठाकुर अर्का अध्यक्ष उपेन्द्र यादव र डा. बाबुराम भट्टराईको हस्ताक्षरमा लुम्बिनी प्रदेशका चारजना सांसदलाई हटाइएपछि त्यसविरुद्ध निवेदन लिएर ठाकुर आयोगमा पुगेका हुन् ।

डा. भट्टराई र यादवको पत्रका आधारमा सांसदहरु सन्तोष कुमार पाण्डे, विजय यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डेयलाई पदमुक्त गरिएपछि ठाकुर आयोगमा पुगेका हुन् ।

उनले जसपा कार्यकारिणी समितिको बैठक नै नबसेको बताउँदै त्यसकै आधारमा लुम्बिनी प्रदेशसभाले चारजना सांसदहरुलाई पदबाट हटाइदिएको थियो । हटाइएका चारैजना सांसदहरु मुख्यमन्त्री शंकर पोखरेल क्याबिनेटमा मन्त्री छन् ।

ठाकुरले सांसदहरु हटाउने भनेर गरिएको कार्यकारिणी समितिको बैठक नै अहिलेसम्म नबसेको पनि उनले बताएका छन् । ठाकुरले २०७७ पुस ७ गतेयता जसपा कार्यकारिणी समितिको बैठक नै नबसेकोले चार सांसद हटाउने निर्णयलाई ठाकुरले गैरकानुनी र अवैध भनेका छन् ।

उनले त्यस आधारमा कुनै पनि कारवाही आयोगबाट अघि नबढाउन पनि आग्रह गरेका छन् । उनले यसबारेमा यथाशीघ्र कानुनी प्रक्रिया पनि अघि बढाउने जानकारी आयोगलाई दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top