ताजा समाचार


राष्ट्रियसभा उपनिर्वाचनका लागि पाँच राजनीतिक दलद्वारा दल दर्ता

द रियल समाचार     २०७८ बैशाख १६, बिहीबार, १७: ५३ मा प्रकाशित




काठमाण्डौ । राष्ट्रिय सभाको उपनिर्वाचनका लागि पाँच राजनीतिक दलले दल दर्ता गरेका छन् । दर्ता भएका दलहरुमा नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल मजदुर किसान पार्टी छन् ।

दल दर्ता भएको सूचना राजपत्रमा प्रकाशन गर्ने, दल दर्ता गर्ने र निर्वाचन चिह्न प्रदान गर्ने निर्णय निर्वाचन आयोगले जनाएको छ । जेठ ६ गते वाग्मती प्रदेशमा राष्ट्रिय सभामा रिक्त एक पदका लागि निर्वाचन हुँदै छ ।

आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार एमालेलाई सूर्य चिह्न र कांग्रेसलाई रुख चिन्ह माओवादी केन्द्रलाई गोलाकारभित्र हँसिया हथौडा, राष्ट्रिय प्रजातन्त्र पार्टीलाई हलो र नेपाल मजदुर किसान पार्टीलाई मादल चिह्न दिइएको छ ।

सो निर्वाचनका लागि प्रदेश सभा सदस्य ११० जना र गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख, उपप्रमुख २३८ जना गरी जम्मा ३४८ जना मतदाता नामावली स्वीकृत भएको छ ।

उक्त नामावली २१ गते निर्वाचन अधिकृतको कार्यालय हेटौंडामा प्रकाशन गर्ने र सोही दिन सच्याउने उजुरी दिन सकिने आयोगले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top