ताजा समाचार


बिहीबार देशभर ४९२८ नयाँ संक्रमित थपिए, ३५ जनाको मृत्यु

द रियल समाचार     २०७८ बैशाख १६, बिहीबार, १७: ४८ मा प्रकाशित




काठमाण्डौ । नेपालमा पछिल्लो २४ घण्टामा ४ हजार ९२८ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् । जसमा पिसिआर परीक्षणबाट ४ हजार ८३१ र एन्टिजेन परीक्षणबाट ९७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरी १२ हजार ५९७ पिसिआर परीक्षण गरिएको छ । ९९३ को एन्टिजेन परीक्षण भएको छ ।

स्वास्थ्य मन्त्रालयले दिएको विवरण अनुसार यो सँगै नेपालमा पिसिआर परीक्षणबाट संक्रमित पुष्टि हुनेको कुल संख्या ३ लाख १७ हजार ५३० पुगेको छ । पछिल्लो २४ घण्टामा ८८८ जना संक्रमित कोरोनामुक्त भएका छन् । योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या २ लाख ८० हजार १६७ पुगेको छ ।

अहिले देशभर सक्रिय संक्रमितको संख्या ३४ हजार १७७ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ३५ जना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार २४६ पुगेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया




Top